NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

यस्तो छ भासिएको पृथ्वी राजमार्गको सडक (भिडियोसहित)

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित ड्याम नजिक सडक भासिएको छ ।

लगातारको वर्षाले गएराति सडक भासिएको हो । सडकको ठूलो क्षेत्र भासिएर खसेको र माथिल्लो भागमा चट्टानको पहरो रहेकाले एकतर्फी रूपमा सवारी सञ्चालन गर्ने सम्भावना देखिएको छैन ।

सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तत्काल सञ्चालन हुने अवस्था नरहेपछि प्रहरीले जुन दिशाबाट आएको हो, त्यसैतर्फ सवारी साधन फर्काइदिएको छ ।

सडक सञ्चालन हुने सम्भावना नरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।