NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

असारभित्रै मर्जरको प्रक्रियामा जाने बीमा कम्पनीले मात्रै छुट पाउने, के के छुट पाउनेछन् ?

काठमाडाैं । बीमा समितिले असारभित्रै मर्जरको प्रक्रियामा जाने बीमा कम्पनीलाई मात्रै छुट दिने भएको छ । बीमा समितिले २०७९ असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीहरुलाई विभिन्न सेवा तथा सुविधामा छुट दिने भएको हो ।

समितिबाट जारी बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ को दफा ४ बमोजिम न्युनतम चुक्तापुँजी पूरा गर्न मर्जरमा जाने बीमकहरुले तोकिएको समयअवधिभित्र मर्जर प्रक्रियामा गएमा आयकर ऐन २०५८ को दफा (४७) क अनुसार सुविधा पाउने समितिले जनाएको छ ।

आयकर ऐन २०५८ दफा ४७ (क) मा पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीको अवकाश भुक्तानीमा कर छुट तथा सुविधाको व्यवस्था छ ।

  •  बीमक गाभिएपश्चात कायम हुने नयाँ बीमकममा कायम रहेका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्र गरेमा बिक्री भएको सेयरमा पुँजीगत लाभकर नलाग्ने ।
  •  बीकमहरुमा गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गनरेको लाभांशमा कर नलाग्ने
  •  गाभिने प्रक्रियामा रहेका कर्मचारीलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट भुक्तानी अवकाश कर कट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने