NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मिटरब्याजीलाई पक्रन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याज लिएर नागरिक ठग्ने रामदेव तेलीलाई पक्रन निर्देशन दिएका छन् ।

सप्तरी मिटरब्याजी रामदेव तेलीले अत्याधिक ब्याज लिएर नागरिकलाई ठगेको समाचार आएपछि प्रधानमन्त्री देउवाले पक्राउ गरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सञ्चारमाध्यममा मिटरब्याजीको ठगीको समाचार आएपछि संसद्मा सांसदले उनलाई पक्राउ गर्न सरकारसँग माग गरेका थिए ।