NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

डल्ले खुर्सानी खानुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । सामान्यतया हामी भान्सामा ठूलो डल्ले खुर्सानी (क्याप्सिकम) लाई सलाद, तरकारीको रुपमा प्रयोग गर्छाैं । यसका केही फाइदा छन् भने बेफाइदा पनि त्यति नै छन् । डल्ले खुर्सानीको सेवनले छालालाई राम्रो फाइदा गर्छ, यसले छालाको सुन्दरतालाई बढाउँछ र चायापोतो तथा कालो धब्बाको समस्या पनि कम गर्छ । तर यसमा पेस्टीसाइडको मात्रा बढी हुने गर्दछ । यसबाट हुने बेफाइदालाई पनि ध्यान दिनु त्यत्तिकै जरुरी छ ।

डल्ले खुर्सानीमा भिटामिन ए, बि, सी र ई प्रचुर मात्रामा हुन्छ । यसको प्रयोगले आँखाको ज्योति चम्किलो हुने, कपाललाई पनि स्वस्थ बनाउन सहयोग पुर्याउँछ । यसको सेवनले सेतो रक्तकोष पनि बढ्छ । अन्य तरकारीको तुलनामा यसमा भिटामिन ई को मात्रा अधिक हुन्छ ।

तर यसमा पेस्टिसाइडको बढी प्रयोग हुनाले यसको सेवन हानिकारक मानिन्छ । यसले छालामा दाग आउने, चक्कर आउने हुन सक्छ । यसमा पेस्टिसाइडको मात्रा बढी हुनाले ज्यान जाने खतरा पनि अधिक मात्रामा हुने विशेषज्ञहरु बताउँछन् ।

नुन पानीले पखालेर यसको प्रयोग गर्दा खतरा कम हुन्छ । डल्ले खुर्सानी धेरै प्रकारका हुन्छन् । यस्तो सबै प्रकारका खुर्सानीे मौसमअनुसार खाँदा लाभदायक हुने विज्ञहरु बताउँछन् । गर्मीको समयमा पहेँलो रङको डल्ले खुर्सानीको प्रयोग राम्रो मानिन्छ ।

त्यस्तै रातो खुर्सानीको सेवन जाडोयाममा खानु उपयुक्त हुन्छ भने हरियो रङको डल्ले खुर्सानीको उपयोग सबै मौसममा गर्दा उचित हुने गर्छ । यसमा क्योरोटिनायडको तुलनामा क्लालोफिल अधिक मात्रामा हुन्छ । रातो र पहेँलो रङको तुलनामा हरियो खुर्सानी छालाका लागि कम फाइदाजनक छ ।

डल्ले खुर्सानीमा भिटामिन ई को १३ प्रतिशत डेली भ्यालु हुन्छ । प्रतिदिन सयदेखि दुई सय ग्राम डल्ले खुसार्नी खाँदा राम्रो मानिन्छ भने यसलाई पकाएर खानुभन्दा सलादमा काँचो खाँदा बढी फाइदा दिन्छ ।