NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नाडाको सहकार्यमा अटोमोवाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल । नाडाअटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगंज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस प्रशिक्षण सम्पन्न भएको छ ।

आज बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको  प्रशिक्षण कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरुसहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा राखे । उनले सबै क्षेत्रका व्यवसायीको व्यवसायिक कार्यक्षमता विकास आवस्यक रहेको बताए ।

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारे । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए । त्यसै गरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने जनाएका छन् । कर छल्ने प्रवृतिपूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले भने, कर छलीमा राजश्व अनुसन्धानले सून्य सहन सिलताको नीति अपनाउने धारणा राखे ।

लुम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडा सँगको सहकार्यमा व्यवसायीहरुलाई अन्यकार्यक्रमहरु पनि संचालन गर्ने बताए