NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा कुन पदमा कति जित्यो ?

काठमाडौं । कांग्रेसले स्थानीय तहको निर्वाचन २०७९ मा नतिजामा उल्लेख सुधार गरेको छ ।

७५३ पालिकामध्ये एक तहको परिणाम आउन बाँकी छ । यस्तोमा कांग्रेसले ३२९ वटा स्थानीय तहको नेतृत्व जितेको छ । जसमा गाउँपालिका १८८ र नगरपालिका प्रमुख १४१ छन् । यो भनेका कूल तहको ४४ प्रतिशत हुन आउने कांग्रेसको दाबी छ ।

उपप्रमुखको ७५२ मध्ये कांग्रेसले ३०० स्थानमा जित हात पारेको छ । जसमा १९० उपाध्यक्ष र ११० उपप्रमुख छ । यो भनेको ४० प्रतिशत हो ।
कार्यकारी पदका १५०४ पदमध्ये कांग्रेसले ६२९ पदमा जित हात पारेको छ । जुन ४२ प्रतिशत हो ।

६७३३ वडाको नतिजा आउँदा कांग्रेसले २६६५ वडाध्यक्ष जितेको छ । अब १० वडाको नतिजा आउन बाँकी छ । २६०६ महिला सदस्य, २५५१ दलित महिला सदस्य, ५३०७ खुल्ला सदस्यमा कांग्रेसले जित निकालेको छ । कूल संख्याको ३९ प्रतिशत हिस्सा आफ्नो दलले जितेको कांग्रेसको भनाई छ ।

कांग्रेसले अघिल्लोपटक २६६ पालिका, २२३ उपप्रमुख र २२८७ वडाध्यक्ष जितेको थियो । २०७४ सालमा एमालेले २९४ तह जित्दा यसपटक २०५ मात्रै जितेको छ । वडाध्यक्ष अघिल्लोपटक एमालेले २९५९ जितेकोमा यसपटक २१२७ जितेको छ ।

वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले ३८ लाख ८३ हजार एक सय ३८ मत कांग्रेसका वडाध्यक्षले पाएको छ । यो संख्या एमालेका वडाध्यक्षले पाएकोभन्दा एक लाख ७५ हजार ७६ ले बढी भएको कांग्रेसको भनाई छ ।

यस्तो मतमा विजयी, पराजित र तेस्रोसम्म भएका उम्मेदवारले पाएको मत गणना गरिएको कांग्रेसको भनाई छ । नेता प्रदीप पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचनको लागि अनुगमन, मूल्यांकन तथा पुपरीवेक्षण् उपसमितिले पार्टीलाई बुझाएको प्रतिवेदनमा यी विषय उल्लेख छन् ।

स्थानीय तहको निर्वाचन : २०७४ भन्दा २०७९ मा कांग्रेसले कहाँ जित्यो ? कहाँ गुमायो ? सूचीसहित