NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुर्खेतको जिसस प्रमुखमा सुनार

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा नेकपा (एमाले) का गङ्गाराम सुनार निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा ९माओवादी केन्द्र० का सचिनकुमार बडुवाल निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यका अनुसार एमाले र माओवादी केन्द्रको गठबन्धनबाट सुनार र बडुवाल निर्वाचित भएका हुन्।

त्यस्तै महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल, अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसङ्ख्यकतर्फ सावित्रा टमटा निर्वाचित भएकी छन् ।