NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विश्वकप लिग टुमा आज नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गतको सिरिजका लागि आज दुई चिरप्रतिद्वन्द्वी नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछन् ।

अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो र अमेरिका दोस्रो जितको खोजीमा रहनेछन् ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा तय खेल नेपाली समयअनुसार राति ९ः१५ बाट सुरु हुनेछ ।

सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरेको थियो । त्यसक्रममा नेपाल १३ रनले पराजित भएको थियो ।

अमेरिकाले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । ऊ दोस्रो खेलमा पनि नेपाललाई हराएर जित निकाल्ने दाउमा छ ।

नेपाल र अमेरिका चिरप्रतिद्वन्द्वी हुनु् । यसअघिका पछिल्ला चार भेटमा नेपालले तीन खेल जितेको थियो ।

लिग टुको अंक तालिकामा अमेरिका २१ खेलमा २० अंकका साथ चौथो र नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौंमा छ ।