NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पूर्वमन्त्री चौधरीको निधन

सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छन् ।

चौधरी संविधानसभा सदस्य हुन् । नेकपा (संयुक्त) बाट सांसद बनेका बेला उनले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।