NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लोगो बनाउन महासंघद्वारा प्रस्ताव आह्वान, उत्कृष्टलाई एक लाख पुरस्कार

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले रु. एक लाख पुरस्कारसहित लोगो डिजाइनका लागि खुला आह्वान गरेको छ ।

इन्टरनेशनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्रयाक्टर्स एसोसिएसनको ४६ औं सम्मेलनका लागि लोगो निर्माण गर्न महासंघले प्रस्ताव माग गरेको हो । निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय संस्था एसोसिएसनमा नेपाल पनि सदस्य छ । जसको ४६ औं सम्मेलन महासंघको आयोजनामा नेपालमा हुँदैछ ।

महासंघले सम्मेलनका लागि आवश्यक लोगोको प्रस्ताव ३५ दिनभित्र गर्न भनेको छ । महासंघका अनुसार उत्कृष्ट लोगो निर्माण गर्नेलाई रु. एक लाख र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको छ ।