NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पप गायक जस्टिन बिबरलाई प्यारालाइसिस

काठमाडौं । हलिउडका प्रख्यात पपगायक जस्टिन बिबरले आफू दुर्लभ रोगसँग लडिरहेको बताएका छन् । उनको आधा अनुहारमा प्यारालाइसिस भएको छ । प्यारालाइसिस ठिक नहुन्जेलसम्म उनले आफ्नो सांगीतिक यात्रा स्थगित गरेका छन् ।

गायकले शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै आफूलाई ‘रामसे हन्ट सिन्ड्रोम’ भएको बताएका हुन् । जसका कारण उनको आधा अनुहार पक्षघात भएको छ ।

टोरन्टो र वाशिंगटन डीसीमा कन्सट शो रद्द गरेपछि जस्टिनले यो भिडियो सेयर गरेका हुन् । भिडियोमा उनले आफ्नो अनुहारको एक भाग चल्न नसकेको देखाएका छन् । भिडियोमा जस्टिन निकै कमजोर देखिएका छन् ।

उनले भनेका छन्, ‘एक भाइरसको कारण मलाई खतरनाक रोग लागेको छ । यो भाइरस यति खतरनाक छ कि मेरो अनुहारको नशामा आक्रमण गरिरहेको छ । यसकारण मेरो अनुहारको आधा भागमा प्यारालाइसिस भएको छ ।’

भिडियोमा उनले आफ्नो अनुहार देखाउँदै कसरी आफ्नो एक भागको आँखा झिम्कन सकेको छैन भनिरहेका छन् । उनी एक भागमा हास्नसमेत सकेका छैनन् । उनको नाक पनि हल्लिएको छैन । ‘मेरो शरीरले काम नगरेका कारण म स्टेज प्रस्तुती दिन सकेको छैन । तपाईँहरुले मलाई बुझ्नुहुन्छ भन्ने ठानेको छु ।’, उनले भनेका छन् ।