बागलुङका रेष्टुरेन्ट र शो-रुममा निःशुल्क शौचालय

गलकोट । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेपछि यहाँका रेष्टुरेन्ट र शो-रुमका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन थालिएको छ ।होन्डा नेपालको शो-रुमले सर्वसाधारणका लागि निःशुल्क शौचालय सेवा सुरु गरेको केही दिनमै सदरमुकामस्थित वल्ड हाउस क्याफे एन्ड लाउन्जले शुक्रबारदेखि निःशुल्क शौचालय उपलब्ध गराएको हो ।
क्याफेको अघि सडक छेउ निःशुल्क शौचालय सेवा लेखेर सङ्केत पाटी सेवा सुरु गरिएको क्याफे व्यवस्थापनले जनाएको छ । क्याफेका सञ्चालक सञ्जय खड्काले बजारमा हिँड्डुल गर्ने जो कोहीले पनि क्याफेमा रहेको शौचालय प्रयोग गर्न सक्ने बताए ।
सञ्चालक खड्काले बजारमा ओहोरदोहोर गर्ने सर्वसाधारणले सार्वजनिक शौचालय नहुँदा समस्या झेलिरहेकाले आफू निःशुल्क शौचालय सेवा दिने सोचमा पुगेको उल्लेख गरे । उनले सदरमुकाममा एउटा पनि सार्वजनिक शौचालय नहुनु दुःखद रहेको टिप्पणी गरे ।
होन्डाको शो-रुम सञ्चालन गरिरहेको यादव ब्रदर्सले बागलुङ नगरपालिका-२ पुरानो बसर्पाकमा यसअघि नै सार्वजनिक शौचालय सेवा सुरु गरिसकेको थियो । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले होटल, रेष्टुरेन्टलगायत व्यावसायिकस्थलका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने घोषणा गरेसँगै होन्डा नेपालले देशभरका शो-रुमहरुमा निःशुल्क शौचालय सेवा दिने घोषणा गरेको थियो ।
कम्पनीले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै निःशुल्क शौचालय सेवा सुरु गरेको हो । यहाँको यादव ब्रदर्सले भने ‘जिम्मेवार नेपाली म’ भन्ने आदर्श वाक्यसहित आफ्नो शो-रुमको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको छ ।
बिस्तारै निजी क्षेत्रका अरू व्यावसायिक सङ्घसंस्थाले पनि सार्वजनिक शौचालयको अवधारणमा सघाउने विश्वास लिइएको छ । बढ्दो आवादी र तीव्र बजारीकरणका बीच यहाँ सार्वजनिक शौचालयको अभाव खड्किएको छ ।
बागलुङ नगरपालिकाले सदरमुकामको समीक्षालयरोडमा केही वर्षअघि बनाएको सार्वजनिक शौचालय प्रयोगमा नआई जीर्ण बनेको छ । सार्वजनिक शौचालय नहुँदा सबैभन्दा बढी गाउँबाट झर्ने सर्वसाधारणलाई सास्ती छ ।
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया