NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जिसस बर्दियामा कांग्रेसका उम्मेदवार निर्विरोध

बर्दिया । जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रमुखमा सूर्यबहादुर विष्ट र उपप्रमुखमा अमिताकुमारी यादव चयन भएका छन् ।

सदस्यमा तीर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरैलाल थारू छन् । यसैगरी महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र विमला थारू र दलित वा अल्पसङ्ख्यक सदस्यमा सुनिता नेपाली निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले जानकारी दिए ।

उनका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।