NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आइएमइले २२ वर्षको अवधिमा २० खर्ब रेमिट्यान्स भित्र्याएको छ : अध्यक्ष ढकाल

काठमाडौं । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले स्थापनाकालदेखि २२ वर्षसम्ममा आइपुग्दा करिब २० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याउन सफल भएको बताएका छन् ।

आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सवमा उनले उक्त कुरा बताएका हुन् । साथै उनले वार्षिक एक खर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउने गरेको पनि उल्लेख गरे ।

ढकालले एउटा कोठाबाट सुरु भएको कम्पनी अहिले यहाँसम्म आइपुगेको बताए । सानो कोठा, एउटै खाट, त्यही बस्ने, त्यही किचन रुमबाट सुरु गरेको कम्पनीले सुरुवाती चरणमा धेरै चुनौतीहरुलाई, बाधा, धम्की र आलोचनालाई सामना गर्नुपरेकाे स्मरण गरे । आज कम्पनी यहाँसम्म आइपुग्नुमा कर्मचारी, शुभचिन्तकहरूको हात रहेकोमा अध्यक्ष ढकालले धन्यवाद व्यक्त गरे ।

शुरुका दिनमा महिनामा २० लाख डलर ल्याउने योजना सुनाउदा रास्ट्र बैंकले महत्त्वकांक्षी योजना भन्दै सफल हुनेमा शंका गरेको ढकालले स्मरण गराए । साथै शुभचिन्तकहरुले लगानी डुब्छ भनेर सम्झाएका पनि उनले स्मरण गरे ।

अध्यक्ष्य ढकालले अहिले नेपाली दाजुभाई दिदीबहिनीले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स परिवारको लालनपोषण, शिक्षा दिक्षामा खर्च भइरहेको बताउँदै अबका दिनमा उक्त रेमिट्यान्स उत्पादनशल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ढकालले कम्पनीले अहिलसम्म करिब ४० हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको जानकारी गराए ।

कार्यक्रममा कम्पनीले १० वर्ष कार्यकाल पूरा गरेका ३१ कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।