NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी कानुनको ढाँचामा सहमत

काठमाडौं (एजेन्सी) । अमेरिकी सिनेटरको द्विपक्षीय समूह बन्दुकको सुरक्षासम्बन्धी एउटा सम्भावित कानूनको मस्यौदामा सहमत भएका छन् ।

लगातारका गोलीकाण्डहरूले बन्दुक राख्ने कानून संशोधनको माग उठिरहेका बेला त्यससम्बन्धी कानूनको मस्यौदामा सिनेटरहरू सहमत भएका हुन् ।

कानूनको नयाँ ढाँचामा २१ वर्षमुनिका व्यक्तिले बन्दुक खरिद गर्दा कडा चेकजाँच गर्ने उल्लेख छ । अवैध बन्दुक खरिदलाई नियन्त्रण गर्न अनुमति दिने अर्को व्यवस्था पनि मस्यौदामा छ ।

यो प्रस्तावमा १० रिपब्लिकन सांसदले पनि समर्थन जनाएका छन् । बिबिसीले यसले यो कानूनको पक्षमा आवश्यक मतका पुग्नसक्ने संकेत गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो योजना सही दिशामा अघि बढेको तर आवश्यकभन्दा कम समर्थन जुटेको जनाएका छन् ।

पार्कल्याण्ड विद्यालय हमलामा बाँच्न सफल डेभिड हगले सानो नै भए पनि यो उपलब्धि भएको जनाएका छन् ।

यसअघि पनि अमेरिकामा बन्दुकसम्बन्धी कानून कडा पार्ने प्रयास भएका थिए । तर आवश्यक समर्थन प्राप्त गर्न नसकेर असफल भएको थियो ।