NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

चेरीको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडाैं । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार चेरी टिग्गो ८ प्रो मा चेरीको टेक्नोलोजी समावेश छ । यो १.६ टिजिडिआई र ७ डिसिटी संयोजनले भरिएको छ, जुन यही क्याटागोरीको शीर्ष १० मा सूचीबद्ध गरिएका थिए । यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरु स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् भने चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’ को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ ।

पावरको कुरा गर्दा, चेरी टिग्गा ८ प्रो १.६ लिटर टर्बोचाज्र्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इन्जिन, जसलाई सुपर पावरफुल ‘चाइना हार्ट’ इन्जिन भनिन्छ, र जिइटिआरएजीको ७–स्पिड डुअल–क्लच ट्रान्समिसनले सुसज्जित छ । १.६ टिजिडिआइलाई २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इन्जिनहरूमध्ये सूचीबद्ध गरिएको छ । जसको अधिकतम पावर १४५ किलोवाट छ भने २९० एनएमको पिक टर्क छ ।

एरो इन्जिन टेक्नोलोजी र चेरी जस्ता अत्याधुनिक प्रविधिहरूको मूल्याङ्कन गर्ने मापदण्डहरू जस्तै : स्मार्ट कम्बस्सन सिस्टम, इन्टेलिजेन्ट स्टार्ट–स्टप प्रकार्यको साथ १.६ टिजिडिआइ इन्जिन उत्कृष्ट एक्सेलेरेशन र अल्ट्रा–लो इन्धन खपत ल्याउन ७ डिसिटीसँग पूर्ण रूपमा मेल खान्छ । यसले चेरी टिग्गो ८ प्रोलाई ८.९ सेकेन्डमा १०० किलोमिटर किलोमिटर प्रतिघण्टाको गति बढाउन क्षमता दिन्छ र इन्धन खपत १.६ टिजिडिआइ इन्जिनको लागि प्रति १०० किलोमिटर ६.८एल टिग्गो ८ प्रो जति कम गर्छ ।

यसको  लम्बाई, चौडाई र उचाई क्रमशः 4722*1860*1745 मिलिमिटर छ ।  चेरी टिग्गो ८ प्रो पारिवारिक शैलीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ । यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नलसहितको फुल एलईडी हेडल्याम्प र म्याट्रिक्स डायमण्ड जस्तो फ्रन्ट ग्रिल डिजाइनले एक अद्वितीय, त्रि–आयामिक र हार्ड–एज्ड भिजुअल इफेक्टको प्रतिनिधित्व गर्दछ । यसका साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेक लाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिको साथ फ्ल्यागशिप दृश्य अनुभवलाई पुनः आकार प्रदान गर्छ । यसमा १९६ मिलिमिटरको प्रभावशाली ग्राउन्ड क्लियरेन्स छ जसले यसलाई सबै भू–भागका लागि उपयुक्त बनाउँछ ।

चेरी टिगो ८ प्रोको इन्टेरियर लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट डिजाइनमा आधारित छ, जसमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग औलाको टुप्पाबाटै गर्न सकिन्छ भने इन्टेलिजेन्ट भ्वाइस कमान्ड र मल्टी फङसनल स्टेयरिङ ह्विलको समेत प्रयोग गर्न सकिन्छ ।

टिग्गो ८ प्रोमा भएको एचडी फ्लोटिङ सेन्टर एलसीडी स्क्रिनमा १९२० बाई ७२० सम्मको रिजोल्युसन छ र यसमार्फत फोनका साथसाथै इन्स्ट्रयुमेन्ट प्यानलको प्रयोग गर्न सकिन्छ । मल्टिमिडिया, ड्राइभिङ जानकारी र अन्य फङसनको वारेमा आवश्यक जानकारी प्रदान गर्छ । मोबाइल फोन, एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, हाई डेफिनेसन टचस्क्रिनका साथै कारमा भएको वायरलेस चार्जरको संयोजनले आरामदायी, प्रयोगकर्ताका लागि सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ । १२.३ इन्चको आकर्षक इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टमका साथै ८ इन्चको एलसीडी एयर कन्डिसनर सिस्टम टेक्नोलोजीको संयोजनबाट ट्रिपल–स्क्रिन अन्तरक्रियाको अनुभव गर्न सकिन्छ ।

प्रयोगकर्ता–अनुकूल र अति–सुविधाजनक हाई–टेक कन्फिगरेसनहरूको सन्दर्भमा समेत टिग्गो ८ प्रामा धेरै सुविधा उपलब्ध छन् । स्मार्टफोनका लागि फास्ट वायरलेस चार्जिङ, अटोमेटिक फोल्डिङ र इलेक्ट्रिक हिटिङका साथै एन्टी फग फङसन भएका साइड मिरर जस्ता अटो उद्योगकै लिडिङ मानिने विभिन्न फिचरले सवारी धनीलाई सन्तुष्ट बनाउछ । यसमा भएको ३६० डिग्री बर्ड्स आई भ्यु प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज बनाउने मात्र होइन, फुर्सदिलो तरिकाले ड्राइभिङ अनुभव प्रदान गर्न समेत सहज बनाउछ ।

यो कारमा भएका डोर ओपनिङ वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ वा फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङका साथै विभिन्न स्थानमा भएका ६ वटा एयरब्याग लगायतका फस्र्ट इन क्लास सेफ्टी फिचर लगायतका एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले कारलाई निकै नै सुरक्षित बनाएको छ ।

यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । टिग्गो ८ प्रो
फ्ल्यागसिप मोडलको मूल्य ९९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।