NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विश्वकप लिग टू : नेपालले लेला त ओमानसँग बदला ?

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गतको सिरिजका लागि आज नेपाल र ओमान भिड्दै छन् ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ९ः१५ बजे दुईबीच प्रतिस्पर्धा हुनेछ ।

सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसैले आज नेपाल सिरिजमा पहिलो जित निकालेर ओमानसँग बदला लिने सोचमा छ ।

तर जित निकाल्न नेपाललाई उति सहज छैन । किनभने, ओमानसँगको पछिल्लो प्रतिस्पर्धामा नेपालले एउटा मात्रै जित निकाल्न सकेको छ ।

शीर्ष स्थानमा रहेको ओमान नेपाललाई पराजित गरेर आफ्नो शीर्ष स्थानको अग्रतालाई थप सशक्त बनाउने दाउमा छ ।

३५ खेलमा जित हासिल गरेको ओमानले ४४ अंक जोडिसकेको छ भने नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा छ ।

सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले अमेरिकासँग खेल्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष