NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कृषिमन्त्रीलाई सांसदहरूको प्रश्न : असार लागिसक्यो मल कहिले आउँछ मन्त्रीज्यू ?

काठमाडौं । असार लागिसक्दासमेत कृषकले मल नपाएको भन्दै सांसदरूले कृषि तथा पशुपन्छि विकासमन्त्री महेन्द्रराय यादवकाे ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीको जवाफ माग्दै सरकारको ध्यानाकर्षण गराएका  हुन् ।

एमाले सांसद गांगा चौधरीले मल लिन भारत गएका कृषिमन्त्री मल कहाँ भण्डारण गरेका छन् भनि प्रश्न गरीन् ।

‘असार लागिसक्यो किसानले मल पाएका छैनन् । मन्त्रीय मल लिन भारत जानुभएको सुनिएको थियो मल कुन बोर्डरमा रोकियो मन्त्रीज्यू ?’, उनले प्रश्न गरिन् ।

त्यस्तै सांसद निरुदेवी पालले धमाधम धान रोपाईं गर्नेसमयमा किसानले मल नपाएको भन्दै कमिसन नमिलेर मल नआएको हो भनि प्रश्न गरिन् ।

अर्का सांसद खेम लोहनीले मल नभएर किसानको बारीका मकै पहेँलो भएको भन्दै मल कहिले आउँछ मन्त्रीज्यू भन्दै प्रश्न गरे ।
नेमकिपाका सांसद प्रेम सुवालले किसानलाई आवश्यक मल उपलब्ध नगराएर सरकार गैरजिम्मेवार भएको आरोप लगाए ।

सांसदहरूको जवाफ दिँदै मन्त्री यादवले प्रधानमन्त्रीकै निर्देशनमा आफू भारत गएको जानकारी दिए । नेपाली जनताको हकहितका लागि आफू भारत गएको भन्दै उनले भ्रमणमा कुने शंखा नगर्न आग्रह गरे । मल वितरणको सम्बनधमा कृषि मन्त्रालयले प्रदेशलाई दिने गर्छ । कहाँ कति वितरण भएको छ भन्नेबारे संघीय सरकारलाई थाह नहुने जवाफ दिए ।

‘कृषि मन्त्रालयले प्रदेशलाई मल दिने हो । सातै प्रदेशमा कृषि सचिव रहेको संयन्त्र हुन्छ’, मन्त्री यादवले भने, ‘कृषि सामाग्री केन्द्रबाट सिधै पालिकाको कृषि सहकारीमा पुग्छ । त्यसबारे अनलाइनबाट जानकारी नहुँदा तथ्याङ्क राख्न समस्या उत्पन्न भएको छ ।’

आवश्यक मल ल्याउन भरत सरकारसँग परामर्श भइरहेको भन्दै मन्त्री यादवले प्राविधिक समस्यका कारण मल आयतमा केही ढिलाई भएको दावी गरे । नेपालमै मल कारखाना खोल्ने विषयमा अन्तर मन्त्रालयसँग समन्वय भइरहेको जवाफ दिए ।

‘नेपालमै मल कारखानका लागि माननीयज्यूहरूको लामो समय देखिको जिज्ञासा हो । सरकारले बजेट छुट्टयाइएको छ । यो उद्योग मन्त्रालय र लगानी बोर्डसँग सम्बन्धित विषय पनि हो । यस विषयमा चाडै भन्दा चाडै लागनी बोर्डले टुंगो लगाउला । कृषि मन्त्रालय मल कारखाना खोल्न सक्रियतापूर्वक लागेको छ’, मन्त्री यादवले जवाफ दिए ।