NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित सेमरीचोककी २५ वर्षीया युवतीको रहस्यमयी मृत्यु भएको छ । सुविना गिरीको शव झुन्डिएको अवस्थामा फेला परेको परिवारको दाबी छ ।

पति सन्जु गिरीले आफूहरुले सञ्चालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुन्डिएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दाबी गरेका छन् ।

सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणिग्राममा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । तर सुविनाका माइती पक्षले उनका पति अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । सुविनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका २ जना नाबालक छोराछोरी छन् ।