NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तितो सत्यका बाल कलाकार राजले सुनिशासँग विवाह गर्दै

काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला तितो सत्यमा बाल कलाकारको भूमिकामा अभिनय गरेका बाल कलाकार राज आचार्य विवाह बन्धनमा बाधिने भएका छन् ।

उनले मोडल सुनिशा बजगाईंसँग विवाह गर्न लागेका हुन् ।

उनीहरुको विवाह यही असार ७ गते हुने राजले फेसबुकमार्फत जनाएका छन् ।

राज हास्य कलाकार शंकर आर्चायका छोरा हुन् । राजले चार्टर एकाउन्टेन्टको अध्ययन सकिसकेका छन् ।