NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

डिशहोम फाइबरनेटको थप सेवा उदयपुरको गाइघाटमा

काठमाडाैं । डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् । फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।

डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र ६९९ रूपैयाँ प्रति महिना पर्ने ५० एमबीपीयस र ८९९ रूपैयाँ प्रति महिना पर्ने १०० एमबीपीयस को ईन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकहरूमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना  डिटिएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।