NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

रुसबाहिर जाँदा पुटिनको पिसाब पनि लुकाउँछन् अंगरक्षकहरू

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समय-समयमा विदेश भ्रमणमा जान्छन् । उनीसँग विशेष अंगरक्षकहरू पनि हुन्छन्, यो सामान्य कुरा हो तर अचम्मको कुरा के छ भने राष्ट्रपति पुटिन कुनै पनि विदेश भ्रमणमा हुँदा उनका अंगरक्षकले सुटकेसमा उनको पिसाब जम्मा गर्छन् ।

राष्ट्रपति आफ्नो देश रुस नपुगेसम्म यो सुटकेस भित्र राखिन्छ । समाचार एजेन्सी एएफपीले यसबारे गरेको रिपोर्टअनुसार राष्ट्रपतिको स्वास्थ्यको ख्याल राख्नु र आवश्यकता पूरा गर्नु अंगरक्षकको कर्तव्य भएकाले उनीहरुले देशबाहिर पुटिनको पिसाब जथााभावी फाल्दैनन् ।

वास्तवमा रुस-युक्रेन युद्धका बेला राष्ट्रपति पुटिनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको थियो । धेरै रिपोर्टमा पुटिनलाई क्यान्सर भएको भनिएको थियो भने कतिपयले उनलाई मानसिक रोग रहेको दाबी गरेका थिए ।

पुटिन डिमेन्सिया र पार्किन्सन रोगबाट पनि पीडित भएको भनिएकाे छ । रिपोर्टअनुसार पुटिन आफ्नो स्वास्थ्यसँग सम्बन्धित समस्याहरू विश्वसामु नआओस् भनेर अंगरक्षकलाई यस्तो गर्न लगाएका हुन् । जहाँसुकै पिसाब छोड्दा आफ्नो स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू बाहिरिन सक्ने खतरा भएका कारण पुटिनको पिसाब रुस नै पुर्याइन्छ भनेर रिपोर्टमा लेखिएको छ ।

पत्रकार रेजिस जान्टेले पनि फ्रान्सेली समाचार पत्रिका पेरिस म्याचमा यसबारे लेखेका छन् । उनले आफ्नो पत्रिकामा संघीय सुरक्षा सेवाका एजेन्टहरू राष्ट्रपतिको पिसाब संकलन गरेर आफ्नै झोलामा रुस फिर्ता पठाउँछन् भनेर लेखेका छन् । ङ्कलन गर्न त्यहाँ छन् र उनीहरूले विशेष झोलामा रसिया फिर्ता पठाउँछन् ।

रुसी सुरक्षा एजेन्सीहरू पुटिनको स्वास्थ्यप्रति निकै सजग छन् । एजेन्सीले उनको पिसाबदिसा जाँच गर्दछ । यसमार्फत उनीहरुलाई कुनै गम्भीर रोग छ कि छैन भनेर थाहा हुन्छ । यस अवधिमा उनको रोग बारेमा अन्य देशलाई थाहा नहोस् भन्ने पनि ख्याल राखिएको छ । पत्रकार रेजिस जान्टेले पुटिनले साउदी अरेबियाको भ्रमण गर्दा सन् २०१९ मा यो कुरा थाहा पाएको दाबी गरेका छन् । यसबाहेक उनी फ्रान्स जाँदा उनका अंगरक्षक पुटिन शौचालय जाँदा पनि उनीसँगै जाने गर्थे भनिएको छ ।

यसअघि दुईवटा पुस्तक लेखिसकेकका रेगिस जान्टेले पुटिनको पिसाब सुरक्षा एजेन्सीहरूले संकलन गरेको दुईवटा उदाहरण रहेको बताए । पहिलो उदाहरण २०१७ मा फ्रान्सको भ्रमणको क्रममा र दोस्रो उदाहरण सन् २०१९ मा साउदी अरबको भ्रमणको क्रममा देखिएको थियो । एउटा सिद्धान्तका अनुसार पुटिन जहाँ गए पनि उनको साथमा एउटा सानो पोर्टेबल शौचालय हुन्छ, र त्यसमा नै उनको पिसाब संकलन गरिन्छ ।

सन् २०१९ मा पेरिसमा भएको युक्रेन शिखर सम्मेलनमा पुटिन ६ अंगरक्षकसहित शौचालय गएका थिए । तीमध्ये पाँच जना वरपरको सुरक्षाको जिम्मेवारीमा थिए भने अर्का एक अंगरक्षक पुटिन शौचालयबाट बाहिरिनेबित्तिकै भित्र पसे । एक पूर्व पत्रकारले पुटिनले सत्तामा आएदेखि नै आफ्नो शौचालय आफूसँग राखेको बताएका छन् । पुटिनले आफू जहाँ पुग्छन्, त्यहाँ पोर्टेबल शौचालय साथैमा लिएर जाने गरेको बताइएको छ ।