NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

युक्रेनका राष्ट्रपति र क्यानडाका प्रधानमन्त्रीबीच रक्षा सहयोगबारे वार्ता

किएभ । युक्रेन राष्ट्रपति र क्यानडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ । युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो ।

त्यस वार्ताका क्रममा उनीहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।

युक्रेन राष्ट्रपति जेलिन्स्किीले मंगलबार ट्वीट गरेर दिएको जानकारीअनुसार उनी र क्यानडाका प्रधानमन्त्रीका बीचमा फोनमा वार्ता भएको थियो र युक्रेनलाई आगामी दिनमा आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगका बारेमा कुराकानी भएको थियो ।

रुसले अहिले पनि युक्रेनमा हमला गरिरहेकाले यहाँ प्रतिरक्षाका लागि सहषेग आवश्यक रहेको बताइएको छ ।

यसअघि पनि क्यानडाले युक्रेनलाई रक्षा सम्बन्धी सहयोग गर्दै आएको बताइएको छ । गत हप्तामात्र क्यानडाका रक्षामन्त्री युक्रेनको भ्रमणमा पुगेर आवश्यक सहयोग उपलब्ध गराउने बताएका थिए ।