NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

‘जिन्दगीको गोरेटोमा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कमला बोहोरा खत्रीको जिन्दगीको गोरेटोमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गितमा गायिका सुनिता दुलाल र गायक अर्जुन सुनमको स्वर रहेको छ भने मुख्य भुमिकामा सरोज खनाल र गौरी मल्लको अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन सुव्रतराज आर्चायले गरेका हुन् भने भिडियोको सम्पादन राजकुमार श्रेष्ठले गरेका छन् ।

म्युजिक भिडियोलाई राइज मिडिया नेटवर्क युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।