NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडाैं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो ।

प्रदेशसभाको बुधबारको वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २।८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले संस्कृति तथा पर्यटन मन्त्रालयको लागि १ अर्ब ८६ करोड ९१ लाख विनियोजन गरेको छ । त्यस्तै वन तथा वातावारण मन्त्रालयको लागि ३ अर्ब २३ करोड ९९ लाख विनियोजन गरेको छ । भूमि व्यवस्था तथा सहकारी गरिवी निवारण मन्त्रालयको लागि २४ करोड ३७ लाख विनियोजन गरेको छ ।


 

 

ताजा अपडेट

नेपालवाच विशेष