NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री किएभ प्रस्थान

किएभ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट किएभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।

एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले किएभको भ्रमण गरेको यो पहिलोपटक हो ।

उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने छन् । किएभले इयूको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण आएको हो ।