NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राजनीति गर्ने भन्दै रवि लामिछानेले छोडे ग्यालेक्सी टिभी

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू आबद्ध रहेकोे ग्यालेक्सी फोर के टेलिभिजन छोडेका छन् । राजनीतिमा प्रवेश गर्ने भन्दै उनले आजकै मितिबाट टेलिभिजनसँगको आबद्धता तोडेका हुन् ।

लामो समयसम्म सिधा कुरा जनतासँग कार्यक्रममार्फत जनताका समस्या सुन्दै आएका लामिछानेले अब जनताको समस्या समाधान गर्न चाहेको ग्यालेक्सीको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा बताएका छन् ।

आजैबाट राजनीति प्रवेश गर्ने भनेका लामिछानेले हालसम्म कुन पार्टीमा आबद्ध हुने भन्नेबारे खुलिसकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष