NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

देश र जनताको होइन उद्योगपतिका बजेट पास भयो : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले बिहीबार प्रतिनिधिसभाबाट पारित बजेटलाई देश र जनताको नभएको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएपछि बास्कोटाको उक्त प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आज देश र जनताको हैन, चाउचाउ, बिस्कुट, नेल्टा, टाटानेक्सन, विद्युत गाडी, जगदम्बा, विशालग्रुप र चौधरीग्रुप जस्ताहरूको बजेट पारित भयो ।’

प्रमुख प्रतिपक्षी दल एमालेको विरोधकोबीच पारित भएको भएको विधेकलाई बास्कोटाले ब्याङ्य गर्दै उनले देश र जनता विरोधी बजेट भएको टिप्पणी गरेका हुन् ।

आज देश र जनताको हैन,चाउचाउ,बिस्कुट र नेल्टा र टाटानेक्सन बिद्युत गाडी,जगदम्बा र बिशालग्रुप र चौधरीग्रुप जस्ताहरुको बजेट पास भो।