NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भारतमा फेरि बढ्यो कोरोना, एकैदिन १२ हजार संक्रमित, ११ को मृत्यु

काठमाडौं । भारतमा पुनः कोरोनाको संक्रमण दर वृद्धि हुन थालेको छ ।

भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराति अर्थात् गत २४ घण्टाको समयाअवधिमा भएको कोरोना संक्रमितको यो संख्या तीन महिनायताकै सबैभन्दा बढी हो ।

यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ संक्रमित थपिएका थिए । गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना संक्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल संक्रमितको संख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ ।

यसमध्ये ५८ हजार २१५ सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.१३ प्रतिशत हो ।

पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६५ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ ।