NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्यो राष्ट्रियसभा बैठक अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरूद्ध गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्मा विनियोजन विधेयक २०७९ प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।

त्यही अनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई आफ्नो प्रस्ताव पेश गर्न समय दिएका थिए । तर एमालेका संसदहरूले नियम, प्रकृया मिचेर विचौलियामार्फत अर्थमन्त्रीले बजेट ल्याएको आरोप लगाउँदै विरोध जनाएका थिए ।

एमालेका प्रमुख सचेतक खिललाल भट्टराईले अर्थमन्त्रीको राजीनामा वा उच्चस्तरीय छानविन समिति गठन नभएसम्म संसद चल्न नदिने बताएपछि अध्यक्षले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।