NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एसपीपी अघि बढाउने केपी ओली नै हुन् : वामदेव [भिडियोसहित]

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली प्रधानमन्त्री हुँदा नै अघि बढेको प्रष्ट्याएका छन् ।

राष्ट्रिय सभामा बोल्दै गौतमले जसले जे गरे पनि अहिले विवादमा आएको यो विषय अघि बढाउने काम तत्कालीन एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा भएको दाबी उनले गरेका हुन् ।

‘सुशील कोइरालाको सरकारमा म शुरुदेखि अन्त्यसम्म सँगै छु, सन्त नेता कृष्णप्रसाद भनिन्थ्यो तर मेरो नजरमा सुशील कोइराला नै सन्त नेता हो । मैलै उहाँसँग कहिल्यै मत बझाइन । र मसँग सल्लाह नभइ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कुनै पनि निर्णय गर्नुभएन, जानकारी दिनुभएन ।’ गौतमले भनेका छन्, ‘अहिले जब नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्झौता गर्नुभयो भन्ने कुरा उठेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म प्रधानमन्त्रीले गरेको हो म छैन भन्दिनँ । सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम र व्यक्त गरेका विचारसँग सहमत हुनुपर्छ । त्यसो भएर म माथि पनि आरोप लाग्न सक्छ भनेर मैले त्यससम्बन्धमा खोजिनीति गर्दा के–के भएको हो ? अस्ति मात्र एउटा पत्र आएको छ, र त्यो पत्रले प्रष्ट पारिदिएको छ कि यसको सुरुवात जसले गरेको भए पनि यसलाई अघि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री संलग्न हुनुहुन्छ ।’

ओली प्रधानमन्त्री भएकै बेला उनको सहमतिमा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई एसपीपीमा सहभागी हुने पत्र लेखेका थिए ।

एसपीपीबारे कुरा उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जानकारी गराउनुपर्ने पनि उनले बताए ।

वामदेवकाे भिडियाे

एसपीपीमा सहभागी हुन नेपाली सेनाले पहिले नै पठाएको थियाे पत्र

एसपीपी प्रकरणमा ओलीको प्रष्टिकरण : मेराे हाेइन, सुशील र प्रचण्डको पालामा सम्झौता अगाडि बढेको हो