NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

बुटवल । स्विमिङ पुलमा डुबेर रूपन्देहीमा एक युवकको मृत्यु भएको छ ।

भैरहवास्थित होटल पौवाको स्विमिङ पुलमा डुबेर २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

सिद्धार्थनगर नगरपालिका ६ का तुलाधर शुक्रबार साँझ पौडी पोखरीमा डुबेर बेहोस भएपछि अस्पताल लगिएको र त्यही उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

स्विमिङ पुलमा डुबेर रूपन्देहीमा एक महिनाको बीचमा मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि जेठ ३१ गते तिलोत्तमाको बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा डुबेर अर्का एक युवकको पनि मृत्यु भएको थियो ।

यसले रूपन्देहीका होटल तथा रिसोर्टका स्विमिङ पुलको सुरक्षा अवस्था निकै लापरवाहपूर्ण रहेको देखाएको छ ।