NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

धार्केका किसानले नियन्त्रणमा लिए मल बोकेका दुई ट्रक (भिडियोसहित)

काठमाडाैं । धादिङस्थित धार्केका किसानले डिएपी, युरिया मल बोकेर काठमाडौंतर्फ आउँदै गरेका दुई ट्रक कब्जामा लिएका छन् । मलको चरम अभाव झेलिरहेका किसानले केही बोरा आफैंसँग लिएर गएका छन् ।

बालिमा हाल्ने रासायनिक मलको अभाव भएपछि मल बोकेर आएको २ वटा ट्रकलाई रोकेर मल नियन्त्रणमा लिन खोजेको धार्केका एक स्थानीयले बताए ।

दुई ट्रकमा ल्याइएको करिब ४०० बोरा मल अवैध भेटिएपछि धादिङको चरौदीमा नियन्त्रणमा लिइएको थियो । सशस्त्रका दुई प्रहरीले काठमाडौं ल्याउँदै गरेको मल शनिबार दिउँसो धार्केका स्थानीयले नियन्त्रणमा लिएर खोसेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

ट्रकमा रहेका दुई सशस्त्र प्रहरी स्थानीयसामु निरीह बनेको र आफ्नो टोली पुगेर स्थानीयलाई तितरबितर पारेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

खानीखोला प्रहरीका अनुसार, करिब ५०–६० बोरा मल स्थानीयले आफैंसँग लिएर गएका छन् ।