NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अत्याधिक मल अभाव छ, स्थानीय तहबाट समस्या समाधान हुने स्थित छैन : वडाअध्यक्ष रेग्मी

काठमाडाैं । अहिले बाली लगाउने मूख्य समयमा नै देशैभर मलको हाहाकार छ । संसद्मा मलको समस्या र समाधानबारे बहस चलेपनि किसानले भने मल पाउन सकेका छैनन्, उनीहरूले खेतीपातीको बेलैमा मलको अभाव झेल्नुपरेको स्थिति छ ।

आजै मात्रै धादिङस्थित धार्केका ५०० भन्दा बढी किसानहरू काठमाडौँतर्फ ठूलो परिणाममा मल भित्रिदैछ भन्ने थाहा पाएपछि सडकमै जम्मा भएर ट्रकलालाई नियन्त्रणमा लिए । उनीहरूले काठमाडौँ भित्रिदै गरेको डिएपी, युरिया मलको दुई ट्रकलाई नियन्त्रणामा लिइ मल लगेर गएको धुनीबेँसी न पा-८ वडाध्यक्ष रामकृष्ण रेग्मीले नेपालवाचलाई जानकारी दिए । उनले भने, ‘किसान यहाँ मल नपाएर छट्पटिएको अवस्थामा थिए, त्यहाँ ५०० जना किसान जम्मा भएछन् । त्यहाँ सबै मल लुटिएर, गाडीबाट झारेर किसानले लिएर गएछन्  ।’

अध्यक्ष रेग्मीले धुन्सेबेंसी नगरपालिकाले मल ल्याउन सक्ने सम्भावना नदेखेको बताए । ‘केन्द्रबाट पहल गर्ने कुरा हो, स्थानीय तहबाट मलको समस्या समाधान हुने स्थित मैले देखेको छैन । ‘कहाँबाट ल्याउने, कसरि ल्याउने ? केही थाहा छैन,’ उनले भने, ‘ मलको समाधनमा मूख्य कुरा यो सरकारको जिम्बेवारी हो ।’

उनले ठाउँठाउँमा मल रोकेको जानकारी दिँदै तुरून्तै ल्याएर किसानालाइ दिन पहल गर्न सरकालई अनुरोध गरेका छन्  ।

प्रहरीले मलको गाडी र गाडीमा रहेकाे मलसमेत नियन्त्रणमा लिएको उनले बताए । अहिले गाडी खानेखोला चाैकीमा छ । उनका अनुसार कोही किसान पक्राउ परेका छैनन् ।

किसानले नियन्त्रणमा लिए मल बोकेका दुई ट्रक