NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार साइकलबाट लडेका छन् । बाइडेन साइकल चलाउने क्रममा सन्तुलन विग्रेर साइकलसहित लडेका हुन् ।

बाइडेनको बाइकिङ जुत्ता साइकलको प्याडलमा अड्किएर उनको सन्तुलन विग्रेको थियो । लडेर कहि पनि चोटपटक नलागेको र आफू स्वस्थ रहेको बाइडेनले बताएका छन् ।

७९ वर्षका बाइडेन हाल अमेरिकी राज्य डेलावेयरमा विदा मनाउँदै छन् । उनी आफ्नो वैवाहिक वर्षगाँठको उत्सव मनाउन श्रीमती जिल बाइडेनको साथ रेहोबोथ तट पुगेका छन ।

उक्त समुद्री तट छेउको पार्कमा साइकल चलाउने क्रममा उनी लडेका हुन् ।