NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

खाँदबारीको सागममा पहिराेले एक घर पुरियो

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराेले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराेले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए ।

गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराेले राईको घर पुरिएको हो । मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । राईको परिवारले भागेर ज्यान जोगाएका छन् । पहिराबाट राईको परिवार विस्थापित भएको छ ।

राईको परिवार छिमेकीकोमा आश्रय लिएर बसेका छन् । पहिरोबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए।

पहिरोले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ । पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र ६ माछा पोखरी पुरिएको छ । पहिरोले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ । त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ ।

पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताए । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष