NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

जिदानले छाने कतार विश्वकप जित्ने ३ दाबेदार टोली

काठमाडौं । कतारमा विश्वकप फुटबल सुरु हुन पाँच महिना बाँकी रहँदा दाबेदार राष्ट्रहरूबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

साविक विजेता फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, स्पेन र अर्जेन्टिनालाई अधिकांशले प्रमुख दाबेदारको रुपमा हेरिरहेका छन् ।

यसैबीच, विश्वकप विजेता जिनेदिन जिदानले पनि तीन दाबेदार टिम छनोट गरेका छन् । फ्रान्सलाई सन् १९९८ मा पहिलोपटक विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका जिदानले दाबेदार टिममा सबै युरोपियन टिम रोजेका छन् ।

हालै एक सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिँदै उनले दुई बलिया दक्षिण अमेरिकी टोली ब्राजिल र अर्जेन्टिनाको नाम लिएनन् । उनले मुख्य दाबेदार टोलीमा आफ्नै देश फ्रान्स, बेल्जियम र पोर्चुगललाई राखेका छन् ।

See the source image

फ्रान्ससँग अनुभवी र युवा खेलाडीको समीश्रण रहेको जिदानको भनाइ छ ।

‘केही गल्ती-कमजोरीका कारण फ्रान्सले पछिल्लो समयमा एक–दुई खेल गुमाएको छ । यसलाई सुधार गर्दै अघि बढेमा फ्रान्सले फेरि विश्वकप जित्न सक्छ,’ उनले भनेका छन् ।

त्यस्तै, बेल्जियम पनि अनुभव हासिल गरेको सन्तुलित टोली रहेकाले विश्वकपको प्रमुख दाबेदारमध्ये एक रहेको जिदानको दाबी छ ।

पोर्चुगलमा क्रिस्टियानो रोनाल्डो रहेको र युवा खेलाडीहरूको पनि राम्रो समीश्रण रहेकाले योपटक उसले विश्वकप जित्नसक्ने जिदानको निष्कर्ष छ ।

ब्राजिल र अर्जेन्टिनाले भने बढी दबावमा खेल्ने गरेकाले उनीहरूले ठूला खेल जित्न नसक्ने जिदानले स्पष्ट पारे ।

जिदानले विश्वका दुई सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका रोनाल्डोले विश्वकप जितेका आफू खुसी हुने बताए ।

यद्यपि, उनले योपटक अर्जेन्टिनाभन्दा पोर्चुगलको सम्भावना बढी रहेको स्पष्ट पारे ।