NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आज अन्तर्राष्ट्रिय योग दिवस !

काठमाडौं । मंगलबार जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस आज योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । योगको अर्थ जोड्नु भन्ने हुन्छ ।

व्यक्तिलाई स्वास्थ्य जीवनका लागि योगको आवश्यकता पर्दछ । योगले व्यक्तिको स्वास्थ्य स्थिति राम्रो गर्दछ । यसले कार्यक्षमतामा वृद्धि गर्नुका साथै चिन्ताबाट मुक्त गर्ने काम गर्छ । योग गर्नाले व्यक्ति मानसिक रुपले शान्त हुन्छ । रोग प्रतिरोधी क्षमता बढ्न गई व्यक्तिमा रोगसँग लड्ने क्षमता बढ्छ । यसले मन तथा आत्मालाई शान्त पार्छ ।

योग गर्नाले सकारात्मकताको विकास हुनुका साथै आत्म ज्ञान प्राप्त गर्छ । अन्तराष्ट्रिय योग दिवसको उपलक्ष्यमा नेपालमा मंगलबार विभिन्न योग सम्बन्धि कार्यक्रम गरिदैँ छ ।

यही अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् ।

आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्छ उल्लेख गरेका छन् ।

स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउँदै मुख्यमन्त्री राउतले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ रहन दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने बताए ।

पर्सा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतको उपस्थिति थियो ।