NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सर्जरीले अभिनेत्रीको अनुहार नै बिग्रियो

काठमाडौं । अभिनेत्री स्वाती सतीसले सर्जरी फेल भएको छ । कन्नड अभिनेत्री सतीसले रुट क्यानल (दाँत) को सर्जरी गराएकी थिइन् ।

उनको गलत उपचारका कारण सर्जरी पछि मुख बिग्रिएको हो । सर्जरी पछि उनको पुरै मुख सुन्निएको थियो ।

डाक्टरले उनको मुख दुईदेखि तीन दिनमा ठिक हुने आश्वासन दिए पनि तीन हप्तामा पनि उनको मुखमा सुधार भएको छैन ।

स्वातीले डाक्टरले उनको उपचार तथा औषधि बारे गलत र पुरै जानकारी नदिएको भन्दै उनको उक्त हालतप्रति डाक्टर जिम्मेवार रहेको बताएकी छन् ।

उनले उपचारको समय एनेस्थेसियाको सट्टा सैलिसिलिक एसिड दिएको दाबी गरेकी छन् । घटना बारे उनलाई अर्को अस्पतालमा गए पछि जानकारी भएको उनले बताएकी छन् ।