NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हङकङसँग नेपाल पराजित

काठमाडौं । एसिसी महिला टि–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ११० रनको झिनो लक्ष्य हङकङले १५.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो ।

यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो ।

नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यद्यपि, आजको हारले नेपाल समूह विजेता हुनबाट भने बञ्चित भएको छ ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टि–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

नेपालले दिएको झिनो लक्ष्य पछ्याउँदै हङकङ – NepalWatch