NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यस्तो छ एन्फाको नवनिर्वाचित कमिटी

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार वर्षे कार्यकालका लागि नयाँ पदाधिकारी पाएको छ ।

सोमबार काठमाडौंमा भएको निर्वाचनबाट पंकजविक्रम नेम्वाङ नयाँ अध्यक्ष चुनिएसँगै एन्फाले नयाँ पदाधिकारी पाएको हो ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा चुनिएका हुन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङकाे प्यानलकै वीरबहादुर खड्का विजयी भएका छन् । उनले शेर्पाको प्यानलका शिक्षित पराजुलीलाई पछि पारेका हुन् ।

चार उपाध्यक्ष मध्ये तीनजना नेम्वाङको प्यानलका निर्वाचित भएका छन् । दावा लामा, दीपक खतिवडा, विराटजंग शाही नेम्वाङको प्यानलका हुन् भने दीर्घबहादुर केसी भने शेर्पा प्यानलबाट निर्वाचित भए ।

पदाधिकारीको सूची :

अध्यक्ष – पंकजविक्रम नेम्वाङ

वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का

उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी
महिला सदस्य – सरिला श्रेष्ठ र पेमाडोल्मा लामा

सदस्य – मनीष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टीकाराम लामा र भरत बुढ्थापा ।

एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित

ताजा अपडेट

नेपालवाच विशेष