एन्फाको महासचिवमा राई र कोषाध्यक्षमा जोशी मनोनित

काठमाडौं । नेपाली फुटबलकाे सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।
बुधबार बसेको नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।
बैठकअघि सपथ र पदभार ग्रहण कार्यक्रम भएको थियो ।
मंगलबार एन्फाको नयाँ अध्यक्षमा नेम्वाङ निर्वाचित भएका थिए ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा चुनिएका हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङको प्यानलकै वीरबहादुर खड्का विजयी भएका छन् । उनले शेर्पाको प्यानलका शिक्षित पराजुलीलाई पछि पारेका हुन् ।
चार उपाध्यक्ष मध्ये तीनजना नेम्वाङको प्यानलका निर्वाचित भएका छन् । दावा लामा, दीपक खतिवडा, विराटजंग शाही नेम्वाङको प्यानलका हुन् भने दीर्घबहादुर केसी भने शेर्पा प्यानलबाट निर्वाचित भए ।
अब दुईजना सदस्य भने निर्वाचित हुन बाँकी छ ।
पदाधिकारीको सूची :
अध्यक्ष – पंकजविक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी
महासचिव – किरण राई
कोषाध्यक्ष रवीन्द्र जोशी
महिला सदस्य – सरिला श्रेष्ठ र पेमाडोल्मा लामा
सदस्य – मनीष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टीकाराम लामा र भरत बुढ्थापा ।
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया