NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रवि लामिछानेको पार्टी घोषणाको साइतबारे के भन्छन् देउवाका ज्योतिषि ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले तीन ठूला शक्तिशाली ग्रह शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेको बताएका छन् ।

माओवादीपछि २७ वर्षमा पुनः विभिन्न मुद्दा बोकेको पार्टी घोषणा भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।

ज्यातिषि रिजालले देशले अझै राजनेता खोजिरहेकाले लामिछानेले नयाँ दल खोलेका बताएका छन् ।

‘तीन ठूला शक्तिशाली ग्रहहरू शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर नयाँ पार्टीको घोषणा भएको छ । ०५२ सालबाट माओवादीले पनि परिवर्तनका लागि भनेर विभिन्न मुद्दा उठाएर जनयुद्धको घोषणा भएको थियो । २७ वर्षपछि पुनः देशमा नयाँ पार्टीको घोषणा भएको छ । अतः देशले अझै राजनेतको खोजी गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोलेका छन् ।

देउवाका ज्योतिषि भन्छन्, ‘प्रचण्डको २७ वर्षअघिको ज्योतिषीय योग पुनः दोहोरिँदैछ’