NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भक्तपुरमा ट्रिपरले लियो दुई जनाको ज्यान

काठमाडौं । भक्तपुरमा बिहीबार ट्रिपरले दुई जनाको ज्यान लिएको छ ।

सूर्यविनायकबाट जगातीतर्फ आइरहेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

ट्रिपरको ठक्करबाट घाइते युवकलाई भक्तपुर अस्पताल लगिएकोमा  त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।

मृतकमध्ये एक १९ वर्षीय निश्चल चौगुठी रहेको खुले पनि अर्काको परिचय खुलेको छैन ।

मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक मेलुङ–३, दोलखाका ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।