NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बूढानीलकण्ठमा महिलाको शव भेटियो

एकजना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एकजना महिलाको शव भेटिएको छ ।

बूढानिलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित भंगालमा महिलाको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त शव बूढानीलकण्ठ नगरपालिका– ३ की फुलमाया सुनारको रहेको पुष्टि भएको छ ।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएको अवस्थामा शव भेटिएकाले बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष