NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

हैजाका ४ जना बिरामी भेटिए

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । हालसम्ममा हैजा चार जनालाई पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण फैलिनसक्ने चेतावनी दिँदै सर्तक रहन मन्त्रालयले आग्रहसमेत गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेर हैजा रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गरिरहेको छ ।

हैजा पुष्टि भएका स्थानमा नमुना संकलन गरेर अध्ययन गर्दा काठमाडौंका पाँच ठाउँमा यसका जिवाणु भेटिएको छ । विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने विज्ञहरूको भनाइ छ । नेपालमा हैजाको संक्रमण दिनानुदिन बढ्दै गएका कारण थप फैलिन सक्ने भन्दै सर्तक रहन भनिरहेका छन् ।

झाडापखालाका बिरामी बढिरहेका समयमा हैजाको संक्रमण पुष्टि भएपछि अस्पतालले पनि सतर्कता अपनाउन थालेका छन्  । अहिले झाडापखालाका दिनहुँ १० देखि २० जना बिरामी अस्पताल पुग्ने गरेका छन् । झाडापखालाका कारण अस्पताल पुगेका बिरामीमा हैजा पुष्टि भएको हो ।

हैजा : कति घातक, कसरी जोगिने ?