NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एसियाली महामारी हैजा : यसरी फैलियो विश्वभरि

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । हालसम्ममा हैजा चार जनालाई पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण फैलिनसक्ने चेतावनी दिँदै सर्तक रहन मन्त्रालयले आग्रहसमेत गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेर हैजा रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गरिरहेको छ ।

हैजा पुष्टि भएका स्थानमा नमुना संकलन गरेर अध्ययन गर्दा काठमाडौंका पाँच ठाउँमा यसका जिवाणु भेटिएको छ । विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने विज्ञहरूको भनाइ छ । नेपालमा हैजाको संक्रमण दिनानुदिन बढ्दै गएका कारण थप फैलिन सक्ने भन्दै सर्तक रहन भनिरहेका छन् ।

झाडापखालाका बिरामी बढिरहेका समयमा हैजाको संक्रमण पुष्टि भएपछि अस्पतालले पनि सतर्कता अपनाउन थालेका छन्  । अहिले झाडापखालाका दिनहुँ १० देखि २० जना बिरामी अस्पताल पुग्ने गरेका छन् । झाडापखालाका कारण अस्पताल पुगेका बिरामीमा हैजा पुष्टि भएको हो ।

पहिलोपटक हैजाको महामारी सन् १८१६ मा बंगालमा देखिएको थियो । त्यसपछि सन् १८२० मा भारतभर फैलियो । उक्त समय भारतमा हैजाको महामारीबाट १० हजार इष्ट इण्डिया कम्पनी सरकारका १० हजार सैनिकको मृत्यु भएको थियो ।

के हो हैजा ?

हैजा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारणले हुन्छ । हैजालाई एसियाली महामारीको रुपमा पनि चिन्ने गरिएको छ । मानिसमा यसको संक्रमण दुषित खानपानका कारणले हुने गर्दछ । यसको जिवाणु प्रायः पानी र खानामा पाइने गर्छ । यसले झाडापखला र निर्जलीकरण गराउने हुनाले बिरामी गम्भीर अवस्थामा पनि पुग्न सक्छ । बिरामीले समयमै उपचार नपाए ज्यानसमेत जान सक्छ । अन्तर्राष्ट्रिय स्तरमै हैजाका १० बिरामीमध्ये एकजना गम्भीर अवस्थामा पुग्ने मानिन्छ । इनार तथा फोहोर ठाउँको पानीमा हैजाका जिवाणु पाइन्छन् ।

कसरी बच्ने ?

हैजाबाट बच्नका लागि सफा पानी पिउने, दुषित, बासी र सडेगलेको खानेकुरा खानु हुँदैन र यसको संक्रमण भएको अवस्थामा पुनर्जलीय झोल, जीवनजल खानुपर्छ । हैजाको संक्रमणबाट बच्न पानी उमालेर खाने, खाना खानुअघि हात धुने, पानीको स्रोत दुषित नबनाउने गर्नुपर्छ ।
यस्ता छन् हैजाका लक्षण

हैजाको संक्रमण भएका मानिसहरूमा निरन्तर पातलो दिसा लाग्ने, पटकपटक बान्ता हुने, लगातार दिसा लाग्नाले शरीर कमजोर भएर पेट वा खुट्टाको मांसपेशी बाउँडिने, शरीर सुख्खा भएर तिर्खा अत्यधिक लाग्ने, अधिक थकान र बेचैनी हुने, शरीर कमजोर हुनाले बेहोससमेत हुने हुन्छ ।

यसरी विश्वभरी फैलियो

पहिलोपटक हैजाको महामारी सन् १८१६ मा बंगालमा देखिएको थियो । त्यसपछि सन् १८२० मा भारतभर फैलियो । उक्त समय भारतमा हैजाको महामारीबाट १० हजार इष्ट इण्डिया कम्पनी सरकारका १० हजार सैनिकको मृत्यु भएको थियो । साथै, थुप्रै मानिसको पनि ज्यान गएको थियो ।

हैजाको प्रकोप कम हुनुअघि नै महामारी चीन र इन्डोनेसियामा फैलिएको थियो । त्यससमय हैजाका कारण नै इन्डोनेसियामा एक लाखभन्दा बढी मानिस प्रभावित भएका थिए । भारतमा सन् १८६५ देखि १९१७ को बीचमा मात्र हैजाका कारण २० लाख मानिसले ज्यान गुमाएका थिए । यही अवधिको समयमा रुसमा हैजाबाट मृत्यु हुनेको संख्या २० लाख पुगेको थियो ।

त्यस्तै विश्वमा हैजा महामारीको रुपमा दोस्रोपटक सन् १८२९ मा रुसमा देखा परेको थियो । हैजाको प्रकोपले हंगेरीमा लगभग एक लाख मानिसको मृत्यु भएको थियो भने सन् १८३२ मा बेलायतको लण्डनमा ५५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । सोही वर्ष फ्रान्स, क्यानडा, अमेरिकाको न्युयोर्कमा हैजाको प्रकोप फैलिएको थियो । सन् १८३४ सम्म उत्तरी अमेरिकाको प्यासिफिक कोस्टमा पनि हैजा फैलियो ।

सन् १८४९ देखि सन् १८३२ सम्ममा अमेरिकामा १५० हजारभन्दा बढी मानिसको हैजाका कारण मृत्यु भएको थियो । पछि सन् १८६१ मा पनि अफ्रिका र युरोपमा पुनः महामारीका रुपमा हैजा फैलियो । सो समयमा ९० हजार मक्का तीर्थयात्रीमध्ये ३० हजार हैजाबाट प्रभावित भएका थिए ।

सन् १८६६ मा उत्तरी अमेरिकामा यसको प्रकोप व्यापक फैलिएको थियो । उक्त महामारीले ५० हजार अमेरिकीको मृत्यु भएको थियो । सन् १९६२ मा इन्डोनेसियामा हैजा महामारी सुरु भएको थियो । जसलाई यसको डरलाग्दो आधारमा एल टोर नाम दिइएको थियो । इन्डोनेसियापछि हैजाको प्रकोप सन् १९६३ मा बंगलादेश, १९६४ मा भारत र सन् १९६६ मा सोभियत संघमा प्रवेश गरेको थियो । यसरी हैजाको महामारी विभिन्न समयमा विश्वभर नै फैलिएको थियो ।

नेपालमा हैजाको अवस्था

नेपालमा पहिलोपटक हैजा सन् १८२३ मा देखिएको थियो । सन् १८८७ मा काठमाडौं उपत्यकामा पहिलो चोटी हैजा फैलिएको हो । नेपालमा विभिन्न स्थानमा बेलाबेला हैजाको संक्रमण देखिने गरेको छ । गत वर्ष पनि कपिलवस्तुमा संक्रमण देखिएको थियो । हैजा मनसुनको समयमा नेपालभित्र कुनै न कुनै ठाउँमा पुष्टि भएकै देखिन्छ ।

विगतका वर्षमा पनि हैजाका संक्रमित देखिएका छन । नेपालमा नौ हजारभन्दा बढी मानिसको हैजाका कारण मृत्यु भएको तथ्यांक छ । अमेरिकाको नेसल लाइब्रेरी अफ मेडिसिनको प्रक्षेपणअनुसार नेपालमा मेदेखि सेप्टेम्बरसम्मको मनसुन महिनामा प्रतिवर्ष ३० हजार मानिसमा हैजाको संक्रमण देखिने छ । साथै, ९११ जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

हैजा : कति घातक, कसरी जोगिने ?