NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आम निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिन रविको आग्रह

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताका लागि अनलाइन फारम भर्न आग्रह गरेका छन् ।

असार ७ मा नयाँ पार्टी घोषणा गरेका लामिछानेले आम निर्वाचनअघि नै पार्टीले प्रारम्भिक निर्वाचन गर्ने जानकारी दिँदै उनले देश–विदेशमा रहेकालाई सदस्यता फारम भर्न आग्रह गरेका हुन् । बिहीबार लनलाइन फारम आवेदनका लागि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लिंक राखेका छन् ।

‘आम निर्वाचनअघि नै पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमेरी ) गर्ने भएकाले तपाईँको सदस्यताले फरक पार्छ’, उनले लेखेका छन्, ‘विदेशमा रहनु हुनेहररूलाई पनि पार्टीको निर्वाचनमा मताधिकार छ। अब जान्नेलाई छान्ने ।’

लामिछानेले निर्वाचन तयारीका लागि देश दौडाहको तयारीमा रहेका र काम सुरू भइसकेको उल्लेख गरेका छन् ।

https://www.facebook.com/rabi.nikitalamichhane/posts/pfbid0poGRYUr8peapVp8pYf2zbQafXV8kwHKAb2PJyDEgXS1XS7oTrZEASa4nEpA8sPL2l?__cft__[0]=AZUh7iN6AXLgvFyqmIthkvgwU-P8g4R8cAeEDKuFLH7k1OB5vtc5KFlKgVvcMQnELhsnvpGGocd5aXMH-DUH9j4CpNXvgGrHNuGXzKz5FLb1EeiYNxsOJKmkGPS-uUE331FOOi0TpZqBVMhcdgTo0noapcbki0rDd-oxvRqiNXs6Ag&__tn__=%2CO%2CP-R