NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

टिभिएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडाैं । टिभिएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन सार्वजनिक भएको छ । बिहीबार काठमाडाैंमा एक कार्यक्रमकाबीच टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले आरटीएफआई (बीएस ६) भर्सन सार्वजनिक गरेको हो ।

बीएस ६ भर्सनमा आउने यो मोटरसाइकल यो सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित भित्र्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन, अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध हुने छ ।

यसमा रहेको रेस ट्यून फ्यूल इन्जेक्शन टेक्नोलोजीले यो मोटरसाइकलको पर्फमेन्स तथा यसको माइलेजलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ । यो मोटरसाइकलमा टिभिएस स्मार्ट कनेक्ट फिचरसमेत रहेको छ । जसले मोबाइललाई स्क्रीनमा कनेक्ट गर्न सकिन्छ । चालकले ब्लुटुथ कनेक्टमार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

अपाचे आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल मोटरसाइकल रहेको कम्पनीको दाबी छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन रहेको छ । यो इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

यो मोटरसाइकलको मूल्य ३ लाख ७० हजार रुपैयाँदेखि ३ लाख ८० हजार रुपैयाँसम्म हुने अनुमान गरिएको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष