NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

फिफा वरीयता : विश्वविजेता फ्रान्स खस्कियो, मेसीको अर्जेन्टिना उक्लियो

काठमाडौं । फिफा वरीयतामा विश्वविजेता फ्रान्स खस्किएको छ । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार जारी गरेको नयाँ वरीयतामा फ्रान्स एक स्थान तल झरेको हो ।

यसअघि तेस्रो स्थानमा रहेको फ्रान्स एक स्थान खस्किँदै चौथो स्थानमा पुगेको छ । फ्रान्सले पटिल्ला दुई खेलमा पराजय तथा दुईमा बराबरी खेलेको थियो । यसैको असर वरीयतामा देखिएको छ ।

तर, कोपा अमेरिका विजेता अर्जेन्टिना भने एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ । यसै महिनामात्र लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटालीलाई हराउँदै दुई महादेशबीचकाे फाइनल जितेको थियो ।

वरीयताको पहिलो स्थानमा रहेको ब्राजिल र दोस्रोमा रहेको बेल्जियमको वरीयता भने यथावत रहेको छ । यस्तै इंग्ल्याण्ड पनि पाचौं स्थानमा यथावत रहन सफल भएको छ ।

स्पेनले एक स्थान फड्को मार्दा युरोपियन च्याम्पियन इटाली भने एक स्थान नै खस्किएको छ ।

स्पेन छैटौं र इटाली सातौं स्थानमा छन् । यसअघि इटाली छैटौं र स्पेन सातौं स्थानमा थिए ।

यसैगरी यसअघि १० औँ स्थानमा रहेको नेदरल्याण्ड्सले दुई स्थान सुधार गरेको छ । नेदरल्याण्ड्स आठौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल एक स्थान तल झरेर नवौं स्थानमा पुग्दा डेनमार्कले भने एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान बनाएको छ ।

रोनाल्डिन्होले छाने विश्वकप जित्ने एकमात्र टोली, आफ्नै देश छाडेर रोजे कट्टर प्रतिद्धन्द्धी

हेरौं शीर्ष १० वरीयता :

मानेलाई ल्याउन बायर्नले कति खर्चियो ?

 

ताजा अपडेट

नेपालवाच विशेष